दफा १०५
बीमा विकास कोषको सञ्चालन तथा व्यवस्थापन
(१) ऐनको दफा १५१ बमोजिमको कोष सञ्चालन तथा व्यवस्थापनको लागि बैङ्क तथा वित्तीय: संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त “क“ वर्गको वाणिज्य बैङ्कमा छुट्टै खाता खोली कारोबार, सञ्चालन गर्नु पर्नेछ।

(२) उपनियम. (१) बमोजिम भुक्तानीमा प्रतिकृल असर नपर्ने गरी बाँकी रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कको बचतपत्र वा क्रणपत्र वा “क” वर्गको वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ।

(३) उपनियम (२) बमोजिमको लगानीबाट प्राप्त ब्याज; ऐनको दफा १५१ बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ।